काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष समेत रहनु भएका पार्टीका सम्मानित वरिष्ठ नेता कमरेड कृष्णदास श्रेष्ठका वैचारिक, राजनीतिक तथा सांगठनिक योगदानहरुको समुचित कदर गर्दै आगामी वर्ष फागुन ११ गते उहाँको सम्मानमा नेकपा (क्रान्तिकारी माओवादी)ले विशेष कार्यक्रमको आयोजना गर्ने सार्वजनिक जानकारी गराएको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले कमरेड कृष्णदास श्रेष्ठको चौथो स्मृति दिवसमा एक प्रेस वक्तव्य जारी गरी यस्तो जानकारी गराउनु भएको हो ।

वक्तव्यमा पार्टी केन्द्रको पहलमा ‘कमरेड कृष्णदास स्मृति ग्रन्थ’ तयार पार्ने र सोही विशेष कार्यक्रममा उक्त स्मृति ग्रन्थ विमोचन गर्ने निर्णय लिइएको उल्लेख गरिएको छ । वक्तव्यमा क. कृष्णदास श्रेष्ठको विशेष संस्मरण गर्दै पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर