शनिबार राति रियल म्याड्रिडले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी ५ अङ्कमा झारेको छ।

उपाधि होड कायमै राख्नका लागि पनि जित्नु पर्ने दवावमा रहेको रियलले ओसासुनालाई २-० ले पराजित गर्‍यो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा रियलले अन्तिम समयमा लगातार दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

रियलको जितमा भालभर्डेले ७८ औँ मिनेटमा जित निकाल्दा भिनिसियस जुनियरको पासलाई सदुपयोग गरेका थिए। रियलका लागि दोस्रो गोल मार्को एसेन्सियोले गरे। उनले इन्जुरी समयमा रोड्रिगोको पासमा टिमको अग्रता दोब्बर बनाएका थिए।
खेलपछि रियलको २२ खेलबाट ५१ अंक भएको छ। शीर्ष स्थानको बार्सिलोनाको २१ खेलबाट ५६ अंक रहेको छ।
त्यस्तै, शनिबारका अन्य खेलमा रियल बेटिसले रियल भालाडोलिडलाई २-१ ले पराजित गर्दा रियल सोसिडाड सेल्टाभिगोसँग १-१ गोलको बराबरीमा रोकियो। त्यस्तै, मालार्काले भिल्ला रियललाई ४-२ ले पराजित गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर