फाल्गुन ७, २०७९
माउन्ट मउनगनुइ — इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको चौथो दिन आइतबार २ सय ६७ रनको प्रभावशाली जित निकालेको छ । जितका लागि पाँच विकेट आवश्यक परेको स्थितिमा बेन स्टोक्सको इंग्ल्यान्डले एक सत्रको खेलमै त्यसलाई हात पारेको थियो ।
यस जितसँगै इंग्ल्यान्डले दुई टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । जितका लागि ३ सय ९४ रन पछजितका लागि ३ सय ९४ रन पछ्याएको न्युजिल्यान्ड १ सय २६ रन बनाएर अलआउट भएको थियो ।
न्युजिल्यान्डले पाँच विकेट गुमाएर ६३ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । उसका लागि ड्यारेल मिचेल ५७ रनमा नटआउट रहे । इंग्ल्यान्डले न्युजिल्यान्ड भूमिमा टेस्ट जितेको यो १५ वर्षयता पहिलो हो । यस्तै स्टोक्सले कप्तानी सम्हालेयता इंग्ल्यान्ड ११ मध्ये १० टेस्टमा विजयी रहेको छ ।