आगामी दिनमा महंगी अत्यधिक बढ्ने राष्ट्रबैककाे प्रक्षेपण

आगामी दिनमा महंगी अत्यधिक बढ्ने राष्ट्रबैककाे प्रक्षेपण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।
पुस २४ देखि ३० गतेसम्म देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरुसँग अन्तर्वार्तामार्फत गरिएको सर्वेक्षण बुधबार सार्वजनिक गरिएको हो । उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा र ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अनुमान गरेको उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दुध, घ्यू तथा तेल र रेष्टुरेन्ट तथा होटल बाहेकका सबै खाद्य उपसमूहमा अबको ३ महिनामा मूल्यवृद्धि हुने अपेक्षा राख्ने उत्तरदाताको हिस्सा गत असोजको तुलनामा बढेको छ । त्यस्तै, सेवा र घरजग्गा समूहमा अबको तीन महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या भने घटेको छ ।