मकवानपुर/ २९ पुस, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल मकवानपुरको जिल्ला भेला हेटौंडामा सम्पन्न भएकाे छ। भेला सफलताकाे शुभकामना मन्तब्य दिदै प्रमुख अथिति नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज अशाेक शर्माले वर्तमान दलाल तथा प्रतिक्रियावादी राज्यसत्ता कायम रहेसम्म जनताका हक अधिकारहरु सुनिश्चित हुन नसक्ने भएकाे कारण जनसमुदाय याे व्यवस्था विरुद्धको लडाइँको माेर्चामा सामेल हुनुपर्ने बताउनु भयाे । आज संसदीय व्यवस्था पूर्णरुपमा असफल र बदनाम भएकाे स्थितिमा देशका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले याे व्यवस्थामाथि एकताबद्ध हस्तक्षेप गर्नपर्ने बताउदै आम जनताका जनजिविकाका समस्याहरुमा केन्द्रित हुँदै राष्ट्रियता र जनतन्त्रका आधारभुत समस्या हल गर्ने संघर्षकाे देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनु भयाे ।
यसैगरी भेलामा आफ्ना भनाइ राख्दै पार्टी जिल्ला सेक्रेटरी दिनेश बर्ताैलाले देजमाेले जनवादी सत्ता प्राप्तिको आन्दाेलनमा जनताका समस्याहरुलाई पूरा गर्न सडक माेर्चाकाे नेतृत्व गर्नुपर्ने बताउँदै अब आउने नेतृत्वले वर्गसंघर्ष र क्रान्तिका समग्र कार्यक्रमकाे अगुवाइ गर्नुपर्ने बताउनु भयाे ।
सतार अन्सारी सद्दामकाे अध्यक्षता र जीतु गाेलेद्वारा संचालन गरिएकाे उक्त भेलाले सतार अन्सारी अध्यक्ष रहेकाे १७ सदस्यीय देजमाे मकवानपुर जिल्ला समिति निर्वाचित गर्याे । जस अन्तर्गत सचिवमा जीतु गाेले र काेषाध्यक्षमा विष्णु माया ब्लाेन हुनुहुन्छ भने अन्य सदस्यहरुमा, अर्जुन न्याैपाने, दिपक लामा, मनिस सापकोटा, साेराद माेहमद, वीर वहादुर माेक्तान, जावेद अन्सारी, राेशन गुरुङ, सुनिल तामाङ र वलायद हवारी लगायत हुनुहुन्छ । भेलामा नव निर्वाचित अध्यक्ष सतार अन्सारीले प्रतिबद्धता मन्तव्य दिदै मकवानपुर जिल्लामा रहृका जनताका समग्र समस्यालाई उठान गर्दै चाँडै संघर्षका कार्यक्रमहरु घाेषणा गर्ने बताउनु भयाे ।