सर्लाही । सर्लाहीमा मिटरब्याज पीडितहरूले संघर्ष समिति गठन गरेका छन्। साहु–महाजनहरूको चर्को ब्याजबाट पीडितहरूले बिहीबार हरिवनमा भेला गरेर ११ सदस्यीय मिटर ब्याज पीडित संघर्ष समिति गठन गरेका हुन्।

समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह चयन भएका छन्। सर्लाहीमा साहुरमहाजनको चर्को ब्याजबाट पीडितहरू न्यायका लागि लामो समयदेखि संघर्षरत छन्।

हार्दिक शुभकामना !

पीडितले जिल्ला र राजधानी काठमाडौंमा गएरसमेत गरेको संघर्षका कारण केही मिटरब्याजीलाई प्रहरीले पक्राउसमेत गरेको छ। साहुसँग लिएको ऋणको चारगुणा बढी रकम बुझाइसक्दा पनि ऋणमुक्त नगरेको गुनासो धेरैको छ।

मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्ने तयारीअनुसार संघर्ष समिति गठन गरिएको संयोजक चौधरीले बताइन्। मिटरब्याजमा ऋण लिनेहरूसँग प्रशासनले केही महिनाअघि देशव्यापी रूपमा उजुरी लिएको थियो।

सर्लाही, महोत्तरी, धनुषासहित मधेशका धेरै जिल्लामा मिटरब्याजबाट सयौँ परिवार प्रताडित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर