अखिल (क्रान्तिकारी)का उपाध्यक्ष किरणकुमार थारुकाे अल्पायुमै निधन, संगठनद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष किरणकुमार थारुकाे अल्पायुमै निधन, संगठनद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष किरण अधिकारी थारुकाे हृदयघातका कारण अल्पायुमै निधन भएकाे छ ।
सिरहा लहान नगरपालिका-२४ निवासी अधिकारी थारुका एक श्रीमती, एक छाेरा र एक छाेरी छन् । उहाँकाे निधनले संगठनलाई ठुलाे क्षति पुगेकाे र संगठनलाई मर्माहत बनाएकाे भन्दै संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले शाेक वक्तव्य जारी गर्नुभएकाे छ । र, मृतक अधिकारी थारुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारजनप्रति गहिराे समवेदना व्यक्त गरिएकाे छ ।