साहित्य/कला/संस्कृति

इतिहासको गति एकदमै अपत्यारिलो र विस्मयकारी हुँदोरहेछ । हामीले सोच्दै नसोचेका घटना हुँदा रहेछन् । जुन गीत गाउन चाहिएन, त्यही गीतका बोल मन पराउनु पर्दाेरहेछ । सपना लक्ष्यभेदी हुन नसक्दा सपनाप्रति नै आशंका पैदा हुँदोरहेछ । एउटै सपना देख्ने लाखौंलाख आँखा विस्मित छन् यतिबेला । मलाई कुनै कविको कविताको एक टुक्रा सम्झनामा आइरहेछ । कविताको टुक्रा यस्तो छ ः
सबैभन्दा खतरनाक त्यस्तो दिशा हुन्छ,
जसमा आत्माको सूर्य अस्ताओस्
र त्यसको मृत घामको टुक्रा
तपाईंको शरीरको पूर्वतर्पm गाडियोस्
हो, त्यस्तै भइरहेको छ, स्खलित विचारको स्याहारसुसार गर्नुभन्दा विचारै त्याग्नु उत्तम हुन्छ । अँध्यारो पथलाई टेवा दिनुभन्दा त्यतातिरबाटै मुन्टो फर्काउनु असल हुन्छ भन्छन् । यस भनाइमा कति सत्यता छ, यसको नापजोख हुँदै गर्ला । हामीलाई त यतिखेर अँध्यारा कोठाभित्रको बन्द ढोकानेरै उभिएको अनुभूति भइरहेको छ । लक्ष्यहीन, गतिहीन र प्राणहीन भाषिक बोली त्यति प्रिय हुँदैन, प्रियताको सन्निकट हुन बोलीले प्राण भर्नैपर्छ । हजारौं सहिद सपनाबाट बेखबर छन् । निरन्तर गाइनुपर्ने गीत बीचमै रोकिएका छन् । उल्लु र ब्वाँसाहरू हिजोजस्तै आज पनि अप्रिय र विरसिलो आवाज उरालिरहेछन् । यो स्थिति कतै हामीले नै निम्त्याएका त होइनौं ? सन्दर्भ अनेक छन्, रक्तिम पदचापलाई धुलोले पुर्दै र सम्याउँदै हिँड्न थालियो भने निस्तेज र ऊर्जाहीन होइन्छ नै । हाम्रो गन्तव्य त्यस्तै त भइरहेको छैन ! जुन दृश्य देखिएको छ, त्यसमा क्रान्ति, मुक्ति र परिवर्तनका सपनाभन्दा यथास्थितिवाद र संसदवादको लेपन बढी छ, परिवर्तनबोधी शब्द अर्थहीन हुँदै गएका छन् । सहादतसँग सम्बन्धित राग विरागमा परिणत हुँदै गएको छ ।

हार्दिक शुभकामना !

हामी जब इतिहासको परिक्रमा गर्छाैं, त्यतिबेला तिनमा कुँदिएका सुन्दर राता अक्षरहरूले हामीलाई सम्मोहित गर्छन्, वर्गसङ्घर्षको उच्चतम गीतका टुक्राले आनन्द दिन्छन्, वर्तमानमा टुप्लुक्क खस्दा चिसो कपडाले बेरिएको अनुभव हुन्छ, हँसाउने र रुवाउने महान् समयका कडीलाई चुँडाउन खोजिएको छ कि कतै ! अब अभिवादनहरू प्रिय नहोलान् कि कतै, अब हाम्रा हातमिलाई त्यति हार्दिक नहोलान् कि कतै ! वर्गदुश्मनमाथि गरिने मारक आक्रमणको प्रिय नसाले छोड्दै जाँदैछ कि कतै ! मुक्तिकामी मानिसहरूको सम्झनाचित्र आँखाबाट हराउँदै जाँदैछ कि कतै ?! कस्तो असमञ्जस ! कस्तो बेपर्वाह समय । यसैलाई हामी प्रदक्षिणा गरिरहेछौं, आँगनमै आएर उफ्रिँदै बिहानीको संकेत गर्ने पन्छीको आवाजलाई कैद गर्ने लोभ पलाएको त होइन ! नाराबाट भयभीत हुन थालेको त होइन ! सहिदहरूको गन्धबाट आतंकित हुन थालेको त होइन ? हामी देखिरहेछौं, हामी जहाँ उभिएका छौं, त्यसको नजिकै हाम्रा शत्रु उभिएका छन् । महान् अनुभूति बोकेका मानिसमा लघुता पलाउनु चिन्ताजनक छ । सुन्दर सपनाका ठाउँमा हरेक सर्त स्वीकार गर्नुजस्तो मूर्खता अरू केही हुँदैन । रक्तगर्भी आवाज बेखबर हुनु, बेमौसमी फसलप्रति चाह बढ्नु र आफ्नै नङ्ग्रा आफ्नै छातीमा गाड्नु जस्तो भइरहेको छ । अपमानबोध र सहादतको तिरस्कारबाट इतिहासको सगरमाथा उठ्दैन कतै पनि । उज्यालोका अभियन्त आफैं किन अँध्यारोमा बास खोज्न खोजिरहेका छन् ? आफैंमा केन्द्रित भई गरिने हरेक उपाय निस्फल र दुःखदायी हुन्छन् । जता हिँड्न खोजिएको छ, त्यो पक्कै सही दिशा होइन, जुन छाता ओढ्न खोजिएको छ, त्यो हाम्रो छाता होइन कमरेड ! जुन कुरालाई उनीहरूले साँचो भनिरहेका छन्, त्यसमा भूmट, धूत्र्याइँ र छलकपट छ । जस्तो स्वरूपको घर बनाउन वर्गदुस्मन लागिपरेको छ, त्यसले हामीलाई थानमान त परैजाओस्, उभिन र पाइला राख्नसमेत दिनेछैन । फेरि पनि यति ठूलो विश्वास हामीमा केले उब्जायो ? महान् यथार्थलाई कुल्चँदै जानु, समुच्चा चेतनालाई गलत ठान्नु, शौर्ययुक्त उत्साहलाई अस्वीकार गर्नु र समयको रक्तआभालाई निषेध गर्नु कुनै ठूलो कुरा होइन कि भित्र र बाहिरका घेरालाई कुल्चेर हिँडेको अवधि धेरै पुरानो होइन । अहिलेसम्म तिनको गुञ्जन हामीनेर आइरहेको छ । फेरि पनि किन हतास र निरास बनेर भित्र र बाहिरका किल्लासामु नतमस्तक हुन आतुर भइरहेका छौं ? युगौंयुगसम्म गाइन सक्ने गाथा निर्माण गर्नेहरू आफ्नै गाथाअगाडि लघुव्यक्ति बन्न लालायित हुनु कति अनौठो हुन्छ, वैरभाव निमिट्यान्न भइसकेका छैनन् । जनताका दुश्मन खितखिताइरहेका छन् । कमजोर, निर्बल र श्रमहारा जिन्दगीहरूमा निर्गन्धी पूmलसमेत फुलेको छैन भने ओ ! उच्चतर सपनाका सारथी ! सपनाबिनाको रथ कता दौडाइरहेका छौं ? अथवा थकित भएका हौ ? कुनै इतिहासको गलत अध्यायका रङ्गीन पानामा हराइरहेका छौ ?

हिँडेर रोकिन त ठीकै हुन्छ केहीबेर, धेरै समय भयो भने त्यहीं रोकिएर जिन्दगी गुजार्न थालियो भने घुम्ती र बक्रमार्गको कुरा फजुल मात्र हुन्छ, त्यसले त इतिहास निर्माण गर्दैन । बरु पुरानो संरचनामै जकडबन्ध भई उल्टो गति प्रवाहित गर्दछ । वर्गसङ्घर्षलाई बासी र गलित चीजमा रूपान्तरित गर्ने मेसोलाई बढावा दिने कामकुराले साँच्ची नै उत्साह, आँट थपिँदैन । अँध्यारो सूर्यको खोजीले आफैंलाई अँध्यारोमा पु¥याउँछ । कतै अहिलेको खोजी त्यस्तै त होइन ?! हारेका मानिसहरूको बिम्ब बोकेर कहीं पनि जित सम्भव छैन, न त इन्डोनेसिया, चिली र पेरूको कथा पढेर पछाडि फर्कन हुन्छ ! न त मालेमावाद र उत्तरआधुनिकतावादलाई घोलघाल पारेर वा ट्राट्स्कीको मृत विचारमा जीवन भरेर सही दिशा समात्न सकिन्छ । ओ आरोही ! तिम्रो यात्रा फगत सिसिफसको जस्तो त होइन, शङ्का गर्न मन लाग्छ, कतै राता झन्डाले उठाएको महान् शिखर गल्र्यामगुर्लुम ढल्ने त होइन ! कहिलेकहीं लाग्नसक्छ, बेकारमा चिन्तित र दुःखित हुनु राम्रो होइन तर त्यस्तो पनि नसोचियोस् । हिजो पनि हामीलाई महान् र अविश्रान्त योद्धाको आशा थियो । आज पनि र भोलि पनि त्यस्ता अविक्लान्त योद्धा र नेताको आशा र रहिरहनेछ । हिजोभन्दा आज झनै राम्रा मानिसहरूको आशा गरिरहेका छन् मानिसहरू ।
मित्रहरू सुन्दर बाँसुरी मात्र मन पराउँछन् !
३० जेठ, २०६८

प्रतिक्रिया

सम्बन्धित खवर