काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) निकट दुईवटा अखिल नेपाल जनसाँस्कृतिक महासंघ र रक्तिम साँस्कृतिक अभियानले संयुक्त रुपमा आयाेजना गरेकाे ‘नेपाली कम्युनिष्ट आन्दाेलनकाे आगामी दिशा’ काे विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (बहुमत)का संयाेजक धर्मेन्द्र बास्ताेला कञ्चनले यस पटककाे संसदीय चुनावमा ५३ प्रतिशतभन्दा बढी मत नखसेकाे दावी गर्नुभयाे । निर्वाचन आयाेगले बढाइचढाइ गरेर आँकडा पेश गरेपनि यसपटकको चुनावमा जनतामा कुनै उत्साह र आकर्षण नदेखिएकाे पनि बताउनु भयाे । कम्युनिस्ट भन्नेहरुले आफ्नाे वर्ग र वर्गनिष्ठा छाडेकाेले उनीहरुलाई जनताले दण्डित गरेकाे चर्चा गर्दै अब कम्युनिस्टकाे नाममा भाेट थाप्नेहरु समाप्त भएर जाने पनि दावी गर्नुभयाे । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले कम्युनिस्टहरुलाई एकताबद्ध हुन दबाब दिएकाे पनि बताउनु भयाे । उहाँले भन्नुभयाे, ” अहिले कम्युनिस्टहरुकाे एकताकाे खाँचाे छ । अब साम्राज्यवाद र विस्तारवादकाे दलाली र चाकडीबाट कम्युनिस्टहरुले आफ्नाे अस्तित्व धान्न सक्दैनन् । अब सशस्त्र जनविद्राेहमाफर्त जनताकाे सत्ता र व्यवस्था स्थापना गरेर अगाडि बढ्नुपर्छ ।”
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कडेल प्रतीक, नेकप (मशाल)का प्रवक्ता रामबहादुर बुढाले पनि सघन रुपमा पार्टीको अबकाे कार्यदिकाकाे बारेमा चर्चा गर्नु भएकाे थियाे ।
प्रा.डा. जगदिशचन्द्र भण्डारीकाे अध्यक्षतामा सपन्न कार्यक्रमकाे सञ्चालन खेम थपलियाले गर्नुभएकाे थियाे । स्वागत मन्तव्य भने नारायण शर्माले राख्नुभएकाे थियाे ।