काठमाडौँ । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घर डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर तथा महेन्द्रनगर बजार आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा परेको हो ।

बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले समस्या भइरहेको बताए । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घर र खेतबारी भने बाढीले बगाएको बताइन् । घरभित्र पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको उनले बताइन् ।आइतबार दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर