कालिकोट । कालिकमेट तिलागुफा ७ बालीगाउँमा गएकाे पहिरोमा परी स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवार नै बेपत्ता भएको छ ।
आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए । रिमालका अनुसार घरमाथिबाट आएको पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको छ ।
५ दिनदेखि लगातारको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ८ जनाको प्रहरी टोली गए पनि पहिरो बगिरहेकाले खोजी गर्न सकेको छैन ।
यसैबीच तिलागुफा ६ भैसैगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले कालीकोटको जनजीवन प्रभावित भएको छ । पहिरोले कर्णाली करिडोर र कर्णाली राजमार्ग अवरुद्ध छ । वर्षाले ठाउठाउँमा सडक भत्किएको छ भने रास्कोट, सन्नीत्रिवेणी र शुभकालिकामा घरहरू भत्किएका छन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर