पाेखरामा “प्रगतिशिल संस्कारबारे प्रगतिशीलहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाेखरामा “प्रगतिशिल संस्कारबारे प्रगतिशीलहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा । आमा बसन्धरी गिरीको १३ औं स्मृति दिवसको संन्दर्भमा “प्रगतिशिल संस्कारबारे प्रगतिशिलहरु” विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे छ । साँस्कृतिक रुपान्तरण अभियान नेपाल पोखरा र सहदगिरी बसन्धरी स्मृति ट्रस्ट पोखराको संयुक्त आयोजनामा श्रावण २८ गते शनिबारका दिन पोखराको शहिद पार्क स्थित घनश्याम ढकाल स्मृति प्रतिष्ठानको सभाहलमा अन्तरक्रिया भब्यरुपमा सम्पन्न भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि झलकपाणी तिवारी र अतिथिहरुमा रामराज रेग्मी, केश बहादुर परियार, रामजी थापा, नारायण अधिकारी, डा. कृष्ण अधिकारी, काजी गुरुङ्ग, जयश्रीकृष्ण, भिम रानाभाट, शिवजी लामीछाने, नारायण परिश्रमी, विमल प्रसाद बराल लगायत हुनुहुन्थ्याे ।
अन्तरक्रियामा उहाँहरुले आ-आफना विचारहरु राख्नु भएको थियाे । उक्त कार्यक्रममा लेखकहरु, साहित्यकारहरु, कविहरु, प्राध्यापकहरु, विभिन्न संघ संस्थाका प्रतिनीधिहरु, साँस्कृतिक रुपान्तरण अभियान र सहदगिरी बसन्धरी स्मृति ट्रस्टका सम्पुर्ण, पदाधिकारीहरु, आमा बसन्धरी गिरीका आफन्ताजनहरु, परिबारजनहरुको ब्यापक सहभागिता रहेको थियाे । उक्त कार्यक्रमको अध्यक्षता रुपान्तरण अभियानका अध्यक्ष पुर्ण गिरीले गर्नु भएको थियो भने सञ्चालन रुपान्तरण अभियानका सचिव परशराम कोइरालाले गर्नु भएको थियो ।