
डिमेन्सियाले थलिएको
जर्जर रोगी झैं
फतफताउँछ
भुलेको छ सारा
विगत र आफैंलाई

संसद र उदारवादको
पोखरीमा चुर्लुम्म
डुबेको छ
फेरि पनि सग्लै
रहेको ठान्छ
आफ्नो जातको नाक
सुँगुर र त्यसको खोर
एउटै हो भन्ने कुरा
मान्दैन
रोगी संसदवादी
बैरीका खुट्टामा
फुलपाती चढाउँछ
सहिदको रगतलाई
पानी बनाई
दुस्मनकै लागि
बाथटवमा भर्छ
निर्लज्ज धुर्त बेइमान
धोखेबाज संसदवादी