काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहितका ६ वाम घटकले सरकारले हालै ल्याएको नागरिकता विधेयकमा राष्ट्रघाती प्राबधानहरु राखिएको भन्दै त्यसको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनलाई ६ वाम घटकका नेताहरुले विरोध मन्तव्य राखेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापा, नेकपा मसाल समन्वय समितिका नेता रामबहादुर बुढा, नेकपाका नेता लोकनारायण सुवेदी र अभियन्ता साध्यबहादुर भण्डारीले सरकारले संसदमा टेवल गरेको नागरिकता विधेयकमा रहेका राष्ट्रघाती प्रावधानहरुका विषयमा चर्चा गरेका थिए । नेकपा बहुमतका नेता कृष्ण धमलाले सञ्चालन गरेको कार्यक्रममा ६ वटै वाम घटकका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यो नागरिकता विधेयक विदेशीहरुलाई नागरिकता दिने उद्देश्यले ल्याइएको हुनाले यसको खारेजी अपरिहार्य रहेको नेताहरुले बताए । देशको स्वाधीनता र सार्वभौमिकतामाथि गम्भिर आघात पु¥याउने भएकाले यो विधेयक हरहालतमा खारेज गर्न वक्ताहरुले माग गरे । कार्यक्रमकाे अन्तमा राष्ट्रघाती विधेयक जलाउन खाेज्दा प्रहरीले हस्तक्षेप गरेकाे थियाे । साे क्रममा सरकारकाे जनघात र राष्ट्रघातकाे विराेधमा चर्काे नाराबाजी समेत गरिएकाे थियाे ।

आजको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा ६ वाम घटकले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरेर नागरिकता विधेयकको घोर निन्दा र भत्र्सना गरेका थिए ।

विज्ञप्तिमा भनिएको थियो, “वर्तमान गठबन्धन सरकारले पनि विगतमा ओली सरकारले तयार गरेको राष्ट्रघाती नागरिकता विधेयकलाई नै संसदबाट पारित गर्नका लागि टेबुल गरेको छ । विडम्बना त यो भएको छ कि संसदको राज्यव्यवस्था समितिमा व्यापक छलफल भै त्यसमा गरेको थोरै सकारात्मक परिमार्जनबाट समेत पछि हट्दै चरम राष्ट्रघाती स्वरुप दिएर सार्वभौम भनिएको संसदमा जनप्रतिनिधि, विज्ञ–विशेषज्ञ र आम जनता कसैलाई पनि यथेष्ट छलफल गर्न नदिई एमसीसी जस्तै फास्ट ट्रयाकबाट कथित बहुमतले पारित गर्ने दुस्प्रयास भैरहेको छ । सत्ताधारी नेतृत्वबाटै विदेशीहरुको निम्ति कम्फर्टेबल स्वीकारिएको यो गठबन्धन सरकारले एक पछि अर्को राष्ट्रघात गर्दै आएको सन्दर्भमा एमसीसी जस्तो बहुघातक सम्झौता पारित गरेपछिको यो पछिल्लो राष्ट्रघाती कदम हो । हामी यसप्रकारको गम्भीर राष्ट्रघाती नागरिकता विधेयकको घोर निन्दा र भत्र्सना गर्न चाहन्छौं ।”

नागरिकताको विषयलाई महत्वका साथ प्रकाश पार्दै विज्ञप्तिमा भनिएको थियो, “वास्तवमा नारिकता जस्तो गम्भीर र संवेदनशील विषयमा एउटा साझा राष्ट्रिय नीति–दृष्टिकोण बनाइनुपर्छ । तर जनविरोधी र राष्ट्रविरोधी सरकारहरुका कारण उपरोक्त राष्ट्रघातका शृङ्खलाहरुका सन्दर्भसँगै अहिले आएको यो नागरिकता विधेयक सर्वाधिक आपत्तिजनक छ । यसमा मूलतः दुईवटा राष्ट्रघाती प्रावधान राख्ने दुस्साहस गरिएको छ । प्रथम, २०७२ साल आश्विन ३ गते भन्दा पहिले अङ्गीकृत वा जन्मको आधारमा नागरिकता प्राप्त गरेको नागरिकको सन्तानलाई बालिग भएपछि वंशजको आधारमा नेपाली नागरिकता दिने र द्वितीय, ९जन्मका आधारमा० नेपाली नागरिक आमाबाट जन्मेको, नेपालमै बसोबास गरेको, तर बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई पनि वंशजकै आधारमा नेपाली नागरिकता दिने प्रावधान ल्याइएको छ ।

०६३ सालमा पारित राष्ट्रघाती नागरिकता विधेयकले २०४६ साललाई आधार वर्ष मानेर नागरिकता दिँदा भारत लगायत विश्वका कैयौं मुलुकका लाखौं नागरिकहरुले जन्मका आधारमा नागरिकता पाएका थिए । अहिले दोस्रो पटक २०७२ साललाई आधार वर्ष मानेर तिनीहरुका सन्तानलाई नेपाली वंशजको नागरिकता दिने र बाबुको पहिचान नखुलेको भनी जन्मका आधारमा नागरिकता प्राप्त गरेका महिलाका सन्तानलाई पनि वंशजको नागरिकता दिने व्यवस्थाले नेपालको राष्ट्रिय अस्तित्वमाथि गम्भीर आघात पुग्नेछ । किनकि, यसबाट त रैथाने नेपालीहरु अल्पमतमा पर्ने र विदेशी–आप्रवासीहरुको बहुमत हुने अवस्था आउने निश्चित छ र भोलिका दिनमा विदेशीहरु नै राज्य र सरकार लगायत संवैधानिक अंगहरुका प्रमुखहरु समेत हुने अवस्था आउने छ । त्यसले नेपाललाई फिजी जस्तो बनाउने छ ।

संसदवादी दल र तिनका शीर्ष नेता–शासकहरुबाट देश र जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्दै नागरिकता जस्तो महत्वपूर्ण विषयलाई आफ्नो सत्तास्वार्थ पूर्ति जस्तो क्षुद्र र क्षणिक स्वार्थ पूर्तिका लागि विदेशीको दलाली गर्ने यो घृणित प्रवृत्ति र परम्परा खेदजनक छ ।”

विज्ञप्तिमा सन्त बहादुर नेपाली, संयोजक, नेकपा ९मसाल० विशेष महाधिवेशन आयोजक समिति, पवनमान श्रेष्ठ, पिविएम, नेकपा ९क्रान्तिकारी माओवादी०, हेमन्तप्रकाश ओली, प्रवक्ता, नेकपा ९बहुमत०, लोकनारायण सुवेदी, अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी, रामनारायण पाल, महासचिव, माओवादी कम्युनिस्ट पार्टी, नेपाल, नारायण शर्मा, प्रतिनिधि, संयुक्त क्रान्तिकारी मोर्चा, नेपालको हस्ताक्षर रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर