
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनजाति महासंघले २८औं विश्व आदिवासी दिवस २०७९ भव्य रूपमा मनाउने तयारी गरेकाे महासंघका महासचिव फुर्नाम्गेल माेक्तानले जानकारी दिनु भयाे ।
यही २०७९असार ६ गते बसेको अखिल नेपाल आदिवासी जनजाति महासघंको पुर्ण केन्द्रिय समितिको बिस्तारित बैठकले २८औं विश्व आदिवासी दिवस २०७९ भब्य रूपमा मनाउने निर्णय गरेकाे छ ।
साे बैठकले पार्टी र महासघंको नीति सिध्दान्त र सङ्गठनबाट अन्यत्र पलायन भएका महासचिव नगेन्द्र राई ,केन्द्रीय सदस्यहरु क्रमश :निल पुन, कृष्ण गुरुङ, गौरव राई र टेक बहादुर गुरुङलाई महासघंको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरी रिक्त स्थानमा महासचिव फुर्नाम्गेल मोक्तान , सचीव -शिव श्रेष्ठ ,सदस्यमा क्रमश :पदम सुन्दर लिम्बू,भिम श्रीष, बम बा.छ्न्त्यल, थम बा.छ्न्त्याल, बिशुलाल उराँव र उद्दब गुरुङ्लाई पद्पुर्ती गरेकाे छ ।
विश्व आदिवासी दिबस २०७९ लाई भब्य रूपमा मनाउनका लागि २०७९ असार २० गते अखिल नेपाल आदिवासी जनजाति महासघं केन्द्रीय सचिवालयको बिस्तारित बैठक अध्यक्ष डा .ओम गुरुङको अध्यक्षतामा केन्द्रिय कार्यालय कुपन्डोलमा बसेकाे छ । बैठकले डा .ओम गुरुङको सयोजकत्वमा १०१ सदस्य रहेको २८औ बिश्वआदिवासी दिवस२०७९ मुल आयोजक समिति गठन समेत गरेकाे छ । बैठकले साे क्रममा
केन्द्रीय रूपमा श्रावण २४ गते बसन्तपुरबाट झांकी र जुलुस सहित राष्ट्रिय सभागृहमा सभाकाे आयाेजना गर्ने, श्रावण २५गते प्रस्तावित जातीय क्षेत्रीय ११ प्रादेशिक सघं बारे अन्तरक्रिया कार्यक्रम गर्ने, प्रदेश नं.१ को सुनसरीमा श्रावण ३१ गते अन्तरक्रिया तथा प्रदेश महासघं पुनर्गठन गर्ने , प्रदेश २.सप्तरी वा धनुषामा २०७९भदौ २ गते अन्तरक्रिया तथा महासघं गठन गर्ने , प्रदेश ५. काे रुपन्देहीको बुटवल वा दाङमा भदौ ५ गते अंतरक्रिया तथा महासघं गठन गर्ने निर्णय गरेकाे छ
बैठकले उक्त कार्यक्रम सफल पार्न पाँच -पाँच जना सदस्य रहेको आर्थिक , प्रचार प्रसार, व्यबस्थापन र सांस्कृतिक समितिहरु समेत गठन गरेकाे छ । यी कार्यक्रमहरुलाई पार्टीको सङ्गठन अभियानसँगै जोडेर लैजाने निर्णय गरिएको महासचिव मोक्तानले जानकारी दिनु भयाे ।