नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) नवलपुर जिल्लाको प्रथम भेला कमरेड श्यामको अध्यक्षतामा सम्पन्न भएको छ ।
नवलपर जिल्लाको कावासोतीमा सम्पन्न भेलाले २ जना सदस्यहरु पछि थप गर्ने गरी २५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।
भेलाले कमरेड प्रतापलाई सेक्रेटरी बनाएको छ र सदस्यहरुमा आकाश, कान्छा, संसार, विनय, तिर्थ, प्रशाद, सितल, आदशर्, सुदिप, सरल, सुर्य, श्रृजना, बिन्दु ,  के.बि., सागर, जोन, साहस, मिलन, दिवश, रमा, माया र पवित्रा रहनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य एवंम ४ नम्बर प्रदेशका इन्चार्ज कमरेड अनुकूलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका पोलिट ब्यरो सदस्य एवंम ४ नम्बर प्रदेशका सेक्रेटरी कमरेड किशोर, पार्टीका केन्द्रीय सदस्य एवंम नवलपुर जिल्ला इन्चार्ज कमरेड रवि, प्रदेश समितिका सदस्यहरु कमरेड आकाश र कमरेड संसारको विषेश उपस्थिति रहेको थियो ।
भेलाको लगत्तै पछि जिल्ला कमिटिको बैठक बसी महत्वपूर्ण निणर्यहरु गरेको सेक्रेटरी प्रतापले जानकारी दिनु भयाे

प्रतिक्रिया

सम्बन्धित खवर