९ असार कास्की ।
४ नम्बर प्रदेशमा क्रियाशिल सक्रिय राजनीतिक पार्टीहरुको बैठक बसी प्रकाशित गरे संयुक्त प्रेस वक्तव्य संयक्त राज्य अमेरिकाको रक्षा मन्त्रालयले अमेरिकाको “स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)” मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्तावेज प्रति विरोध जनाउँदै एउटा संयुक्त हस्ताक्षेरित प्रेस वक्तव्य प्रकाशित गरेका छन् ।
प्रेस वक्तव्यमा पेट्रोलियम पदार्थमा पटक पटक गरिएको चर्को मुल्यबृद्धि लगायत अत्यावश्यक उपभोग्य वस्तुमा गरिएको मुल्यबृद्धि र कृतिम अभाव, कृषिमा आवश्यक पर्ने मल तथा बिउको अभाव, विद्यार्थीका लागि पाठ्यपस्तकको अभाव र कालोबजारी बारे पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् तथा यसको समाधानका लागि यथाशिघ्र उचित ब्यवस्था समय मै मिलाउन समेत जोडदार माग गरेका छन् ।
४ नम्बर प्रदेशमा क्रियाशिल सक्रिय राजनीतिक पार्टीहरु:
पार्टीको नाम हस्ताक्षरकर्ता
१) नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ४ नम्बर प्रदेश , क. किशोर
२) नेपाल कम्युनिष्ट पार्टी (बहुमत), गण्डकी प्रदेश, क. जगन
३) नेपाल कम्युनिष्ट पार्टी (मसाल) , समन्वय समिति, गण्डकी, क. क्रिष्टल वाङ्ग
४) बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, गण्डकी प्रदेश, क. तारा सुनाम
५) नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी ), गण्डकी प्रदेश,
क. भोजराज त्रिपाढी
६) नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेश, क. मनिष भट्टाराई
७) देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ४ नम्बर प्रदेश, क. सुशिला थापा
८) राष्टिय जनमोर्चा, समन्वय समिति, गण्डकी, क. विक्रम थापा
प्रेस वक्तव्यको पूर्णपाठ तल दिइएको छ:

































