काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित ६ पार्टी सम्बद्ध किसान संगठनहरुले एमसीसीको खारेजीका साथै किसानका समस्याहरुलाई लिएर विरोध प्रदर्शन र सभाको आयोजना गरेका छन् ।

अनेकिमहासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङका अनुसार आज चैत्र २ गते रत्नपार्क शान्तिबाटिकामा विरोध ¥यालीसहितको सभाको आयोजना गरिएको छ । कार्यक्रम दिउसो २ बजेबाट सुरु हुने बताइएको छ । विरोधसभालाई ६ वटा किसान संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमसीसी सम्झौता खारेजीका लागि संघर्षरत ६ पार्टी र २ मोर्चाको पूर्व घोषित संयुक्त संघर्षका कार्यक्रम अन्तर्गत किसान संगठनहरुको संयुक्त आयोजनामा विरोध ¥याली र सभाको आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर