ओ नालायक शासक
के तिमि सग
बन्दुकले विचार
दमनले विद्रोह
हिंसाले अजम्बरी आवजहरुलाई
पराजित गरेको कुनै इतिहास छ ?
बरु फर्केर हेर
हामी सग हजारौं यस्ता अजम्बरी ईतिहासहरु छन
जहाँ
तिमि जस्तै
दुनियाँका कुरुप तानाशाहहरु
खरानी खरानी भएका छन ।
यो पटक पनि
तिमि नै खरानी हुनेछौं !






























