
ओ सासक
तिम्रो दिमागमा अलिकति गिदी छ
भने
सोच
फेरि सोच
गम्भीर भएर सोच
तिमी जन्मदा
तिम्री आमाको रगतले भिजेको
धर्तिको माटो हातमा लिएर सोच
यो धर्ति कस्को हो?
तिम्रो होकि होईन?
यदि तिम्रो पनि हो भने
अति निर्बिघ्न भएर
अति कु्र्र पासबिक भएर
दुनिया लज्जित हुनेगरी
दिन दहाडै आफ्नै आमा माथि
किन बलात्कार गर्छौ?
किन उनको अस्मिता लुटाउन र
नाङ्गो शरिर माथि
बिदेशी नरपिचासहरु परेट खेलाउन
तम्सिरहेका छौ ।
आमाको अस्मिता जोगाउन
धर्तिपुत्रहरु टाउकोमा कफन बाधेर
सडकमा स्वाधिनताको लडाई
लडिरहेका छन्
भोकोपेट र नाङ्गो शरिरको प्रवाह
नगरेर
जुधिरहेछन् रक्त पिपासु
नरपिचासहरुसङ्ग
तिमी भने
तिनै नरपिचासहरुलाई बाबू ठानेर
आमाको छातिमा परेट खेलाउन
रातो कार्पेट बिछ्याएर स्वागत गर्न
खोजिरहेछौ
के तिमिले पढेको राष्ट्रवाद यहि हो ?
भन
ओ सासकहरु !
के तिम्रो राजनीतिक अभिष्ट यहि हो ?
के तिम्रो नैतिकता ÷इमान्दारिता र
जबाफदेहिता यहि हो ?
होइन भने खारेज गर तिम्रा सम्पूर्ण
हर्कतहरु
खारेज गर एमसीसी सम्झौताहरु
नत्रभने
तिम्रा एकएक कदमको हिसाब
किताब
बन्दुकको नालबाट निकाल्नेछन्
नेपाली जनताहरु निकट भबिश्यमा
यादगर ।