फागुन ६ गोरखा .।
फागुन ६ गते शुक्रबार राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको जुलुस सहितको विरोध कार्यक्रम गोरखा बजारको बसपार्कमा भब्यरुपमा सम्पन्न भएको छ । गोरखाजिल्लामा कार्यरत राजनीतिक दलहरुको संयुक्त बिरोध कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का प्रदेश सदस्य एवं गोरखा जिल्ला सेक्रेटरी कमरेड कृष्ण कट्टेलले राष्ट्रघाती एमसीसी सम्झौताको खारेज गर्नका लागि आम जनसमुदायलाई आन्दोलनमा आउन आब्हान गर्नु भयो ।


गोरखा सदरमुकामको हरमटारीचोक (सहिदगेट) देखि नारा जुलुस सहित गोर्खा बजार परिक्रमा गरी बसपार्कमा भएको उक्त बिरोध कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टी गोर्खा जिल्ला सदस्य गगन परियारले गर्न भएको थियो । विरोध कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी गोर्खा जिल्ला सदस्यहरु चिन वहादुर गुरुङ्ग , नवराज ढकाल र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी का जिल्ला सदस्य एवं युवा नेता अमृत रानाले बोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर