फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो

फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो

माघ २८ काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६७औँ स्थानमा पुगेको हो ।
अघिल्लो वरीयतामा नेपाल एक सय ६७औँ स्थानमा थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन । भारत एक सय चार औँ र माल्दिभ्स एक सय ५७औँ स्थानमा छन ।
नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन । भुटान एक सय ८५औँ, बङ्गलादेश एक सय ८६औँ, पाकिस्तान एक सय ९७ औँ र श्रीलङ्का दुई सय चार औँ स्थानमा छन ।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । ऊ लगातार चौथो वर्ष शीर्ष स्थानमा रहन सफल भएको हो । यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा अर्जेन्टिना चौथो स्थानमा छ ।
त्यस्तै, पाँचौँमा इङ्ग्ल्यान्ड, इटाली छैटौँ स्थानमा खस्किएको छ । स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्स क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र १०औँ स्थानमा छन ।