काठमाडौं । संगठनको हित विपरित गतिविधि गरेको आरोपमा अखिल (क्रान्तिकारी)ले संगठनका केन्द्रीय सदस्य बाशु न्यौपानेलाई कारबाही गरेको छ । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एक वक्तव्य निकालेर अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य वासु न्यौपानेले सङ्गठनको हितविपरीत गतिविधि गरेको हुँदा सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको व्यहोरा जानकारी गराउनु भएको छ ।