फोटो पत्रकार जय दाहाललाई मातृशोक

फोटो पत्रकार जय दाहाललाई मातृशोक

काठमाडौं/अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका कार्यालय स्टाफ वरिष्ठ फोटो पत्रकार जय दाहाललाई यतिवेला मातृशोक परेको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार समेत रहेका जय दाहालकी ममतामयी आमा छायाँदेवी दाहालको ९२ वर्षको उमेरमा यही माघ १९ गते दिउँसो निधन भएको हो ।

लामो समयदेखि आफ्नो साइँलो छोराको घर चितवनमा बस्दै आउनु भएकी आमा अस्वस्थ भएपछि उपचारका क्रममा काठमाडौं आएको र केही दिन यता काठमाडौंमा कान्छो छोरा पत्रकार बलराम दाहालसँग बस्नु भएको थियो । छोराकै निबास मैतिदेवीमा आमाको निधन भएको हो ।

thumbnail of photo

उहाँको निधनमा आज अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विज्ञप्ती निकालेर श्रद्धाञ्जली प्रकट गरेको छ । वि.सं. १९८७ फागुन ६ गते म्यानमारमा जन्मनु भएकी छायाँदेवी दाहालको म्यानमारमै बिबाह भएको र आफ्ना धेरै सन्तानलाई उहीँ जन्म दिएको जय दाहालले जनाउनु भएको छ । म्यानमारको लामो समयको बसाई पछि स्वदेश फर्कने क्रममा झापाको भद्रपुरमा आएर बस्नुभएको थियो । पतिको मृत्युपछि आफ्ना चार छोराहरूसँग पालैपालो बस्दै आएकोमा केही वर्षदेखि साइँलो छोरासँग चितवनमा बस्नुभएको र अस्वस्थ भएपछि केही दिन अगाडि मात्र कान्छो छोरासँग काठमाडौंको मैतिदेवीमा बस्नुभएको थियो ।

उहाँको निधनमा आज अखिल नेपाल जनसांस्कृतिक महासङ्घले वक्तव्य जारी गरेर मृतक आमाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । मृतक आमाका माइलो छोरा जय दाहालसहित चार जना छोरा र छ जना छोरी रहेको वक्तव्यमा जनाइएको छ । यस मुलबाटो अनलाइनका फोटो पत्रकार समेत रहनु भएका जय दाहालकी आमाको निधनप्रति मुलबाटो परिवार भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस दुःखद घडिमा दाहाल परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।