काठमाडौ । २०७८ माघ १८ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको पुनः मुल्यवृद्धिका विरुद्ध नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाले संयुक्त वक्तव्य जारी गरेका छन् ।
क्रान्तिकारी माओवादी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष –ईश्वर तिमिल्सिना, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) अध्यक्ष–सिताराम तामाङ, अखिल नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष–प्रा.डा.ओम गुरुङ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन अध्यक्ष–प्रा. डा.जगदीशचन्द्र भण्डारी, अखिल क्रान्तिकारी अध्यक्ष–हरिकृष्ण गजुरेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष–अम्बिका मुडभरी, नेपाल राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवि मञ्च, नेपालका अध्यक्ष हुकुम बहादुर सिह, अखिल नेपाल जनसास्कृतिक महासंघका महासचिव हिरामणि दुखी, क्रान्तिकारी युवा लिग ,नेपाल, अध्यक्ष–अमीर महर्जन, क्रान्तिकारी पत्रकार महासंघ अध्यक्ष –नारायण पंगेनीले जारी गरेको वक्तव्यमा पटक पटक मुल्यवृद्धि गरेर जनजीविकाप्रति संवेदनहिनता दर्शाइरहेका सत्ताधारी शक्तिहरु, आयल निगम तथा सरकारी रवैयाका विरुद्ध सडक संघर्षमा उत्रनु अत्यावश्यक भैसकेको जनाएको छ ।
वक्तव्यमा भनिएको छ, “दैनिक उपभोग्य वस्तुमा भैरहेको निरन्तरको मुल्यवृद्धिले जनताको दैनिक जीवन कष्टकर भैरहेको बेला पेट्रोल÷डिजेल÷मट्टीतेलमा रु ३ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा १० रुपैयाँ थप मुल्य वृद्धिले यातायात क्षेत्रका अलावा अन्य वस्तु तथा सेवाका क्षेत्रमा समेत मुल्य वृद्धि भइ बजार भाउ आकासिने क्रमले तिब्रता पाउने निश्चित छ ।
आयल निगमले मुल्य समायोजन गर्न पर्नुको कारण अन्तर्राष्ट्रिय बजारमा भएको मुल्य वृद्धिलाई देखाएता पनि त्यो मुख्य कारण होइन बरु झण्डै आधा दर्जन शिर्षकमा लगाइएको राजश्व तथा कर, प्रशासनिक भ्रस्टाचार, सत्तारूढ दलहरुका लागि खर्चको जोहो, फजुल खर्च लगायत कारण मुख्य जिम्मेवार रहेको स्पष्ट छ ।
यसरी पटक पटक मुल्यवृद्धि गरेर जनजिविकाप्रति संवेदनहिनता दर्शाइरहेका सत्ताधारी शक्तिहरु, आयल निगम तथा सरकारी रवैयाका विरुद्ध सडक संघर्षमा उत्रनु अत्यावश्यक भैसकेको छ । अतः हामी नेकपा (क्रान्तिकारी माओवादी) संबद्ध जनवर्गिय संगठन तथा मोर्चाका तर्फबाट नेतृत्वदायी भुमिका खेल्न प्रतिबद्ध रहेको जानकारी गराउदै जनसमुदायलाई पनि सक्रियतापुर्वक त्यस दिशामा भुमिका खेल्न विशेष अनुरोध गर्दछौं ।“






























