
काठमाडौ । अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय सचिब तथा अखिल नेपाल लिम्बु मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष तेह्रथुम जिल्ला, म्याङ्लुङ्ग नगरपालिका वडा नं.९ निवासी के बि फुदोङ्को २०७८ साल माघ १७ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै अखिल नेपाल आदिवासी जनजाति महासंघले श्रद्धान्जली व्यक्त गरेको छ ।

अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले श्रद्धान्जली वक्तव्य जारी गर्दै उहाँको असमायिक निधनले नेपालको उत्पिडित जाति र वर्गको मुक्ति आन्दोलनमा गम्भीर क्षति पुगेको जनाउनु भएको छ ।
वक्तव्यमा भनिएको छ, “उत्पिडित जाति र वर्गको मुक्ति आन्दोलनमा उहाले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै अखिल नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट म स्व. क. फुदोुङ्प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै महासंघको तर्फबाट उहाका शोक सन्तप्त परिवारजनमा पनि हार्दिक समाबेदना प्रकट गर्दछु ।“