२५पुस जनकपुर ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी )२ नम्बर प्रदेशको प्रदेशस्तरीय प्रथम भेला सम्पन्न भएको छ । उक्त भेलाले बिष्णुलाल महतोको नेतृत्वमा १जना पछि थप्नेगरी ७ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।
भेलामा महासङ्घका अध्यक्ष सिताराम तामाङ,महासचिव धनेश्वर पोख्रेल , २ नम्बर प्रदेश पार्टी इन्चार्ज कृष्णदेब सिङ,र महासङ्घ के स गङ्गादेबी राईको बिशेष उपस्थिति रहेको थियो । भेलाले आगामी माघ पहिलो हप्ताभित्र सप्तरी,सिराहा,धनुषा,महोत्तरी र रौतहट जिल्लाको भेलागरि जिल्ला समिति गठन गरिसक्ने र बाकी जिल्लाहमा भेला आयोजक समिति बनाउने निर्णय गर्नुका साथै आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । भेलामा उपरोक्त जिल्लाहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




























