काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले १२९ औं माओ दिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्नुभएको छ ।

वक्तव्यमा यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कमरेड माओप्रति उच्च सम्मान गर्दै उहाँका ती सार्वभौम योगदानहरुका बारेमा सही मालेमावादी विश्वदृष्टिकोणका आधारमा लेख्ने , बोल्ने , प्रचारप्रसार तथा प्रकाशन गर्ने र विश्व सर्वहारा वर्गले सञ्चालन गर्ने विश्व क्रान्तिका पक्षमा अडिग रहेर ऐक्यबद्धता जाहेर गर्दै विश्व क्रान्तिलाई सहयोग पुग्ने गरि लेख्ने, बोल्ने , प्रचारप्रसार तथा प्रकाशन गर्ने अटल विश्वास प्रतिबद्धता समेत जाहेर गर्दै कमरेड माओप्रति हार्दिक श्रध्दान्जली अर्पण गरिएको छ ।


वक्तव्यमा भनिएको छ, “आज विश्व सर्वहारा वर्गका महान् , माओवादका प्रतिपादक तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको १२९ जन्म दिवस हो । आजकै दिन अर्थात् २६ डिसेम्बर सन १८९३ मा चीनको हुनान प्रान्तको श्याङश्यान काउन्टीको शाओसान गाउँमा एक किसान परिवारमा उहाँको जन्म भएको थियो ।
कमरेड माओ त्सेतुङ एउटा अर्धसामन्ति र अर्ध उपनिवेशिक अवस्थामा रहेको देशमा गरिने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी क्रान्तिका सिध्दान्तकार र क्रियान्वयनकर्ता समेत हुनुहुन्छ र उहाँकै नेतृत्वमा सन १९४९ अक्टोबर १ का दिन महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियोे ।
कमरेड माओ माओवादका प्रतिपादक हुनुका साथै सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिका सिध्दान्तकार समेत हुनुहुन्छ । तसर्थ आज माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ । जस्तो कि माक्र्सवाद – लेनिनवाद – माओवाद आज विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेकाले नै आज माओवादलाई आत्मसात नगरिकन कोही पनि सच्चा कम्युनिस्ट बन्नै सक्तैन ।
कमरेड माओले विश्व कम्युनिस्ट आन्दोलनमा दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन योगदान पुर्याउनु भएको छ , उहाँका ती योगदानहरुको रक्षा , प्रयोग र विकास गर्ने ऐतिहासिक कार्यभार आज विश्व सर्वहारा वर्ग , क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरू र उत्पीडित जनसमुदाय एवम् सम्पूर्ण उत्पीडित राष्ट्रहरुको काँधमा आएको छ ।
यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कमरेड माओ प्रति उच्च सम्मान गर्दै उहाँका ती सार्वभौम योगदानहरुका बारेमा सही मालेमावादी विश्वदृष्टिकोणका आधारमा लेख्ने , बोल्ने , प्रचारप्रसार तथा प्रकाशन गर्ने र विश्व सर्वहारा वर्गले सञ्चालन गर्ने विश्व क्रान्तिका पक्षमा अडिग रहेर ऐक्यबद्धता जाहेर गर्दै विश्व क्रान्तिलाई सहयोग पुग्ने गरि लेख्ने , बोल्ने , प्रचारप्रसार तथा प्रकाशन गर्ने अटल विश्वास प्रतिबद्धता समेत जाहेर गर्दै कमरेड माओप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर