एमसीसी र भारतीय ज्यादतीका विरुद्ध विरोध प्रदर्शनसहित कैलालीमा किसान महासंघ (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न

एमसीसी र भारतीय ज्यादतीका विरुद्ध विरोध प्रदर्शनसहित कैलालीमा किसान महासंघ (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न

कैलाली । नेकपा (क्रान्तिकारी माओवाादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले राष्ट्रघाती एमसीसी सम्झौता र भारतीय ज्यादतीका विरुद्ध विरोध प्रदर्शन गर्दैै कैलाली जिल्लाको प्रथम भेला सान्दार रुपमा सम्पन्न गरेको छ ।


कैलालीको अत्तरियामा जनताको व्यापक सहभागितासहित विरोध ¥याली र सभा समेत सम्पन्न गरियो । किसान महासंघ(क्रान्तिकारी)का महासचिव धनेश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राम भाटको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरेको छ । जसमा उपाध्यक्ष खुशिराम चौधरी ,सचीव टेकराज ग्यावाली ,सह सचीव हरु बिक कोसाध्यक्ष जानू दमाई र अन्य सदस्य रहेका छ्न ।

सभालाई पार्टीका पोलिट्ब्युरो सदस्य तथा किसान महासंघका महासचिव धनेस्वर पोखरेल ,केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज राम ब केसि ,केन्द्रिय सद्स्य हरि सुवेदी लगाएतका नेताले सम्बोधन गर्नु भएको थियो भने फारवेल होटलको हलमा भएको अखिल नेपाल् किसान् महासंघ (क्रान्तिकारी ) कार्यक्रमको जिल्लाको पहिलो भेला हरिराम चौधरीको अध्यक्षतामा र प्रमुख अतिथी धनेस्वर प्रसाद खनाल ,अतिथी राम ब के सि अतिथी हरि सुवेदी सहिद तथा बेपत्ता परिवार बाट क गम्भिर जिल्ला सचीव रुद्र कडेल लगायतको आथित्यमा सम्पन्न भएको उक्त भेलाको संचालन किसान महासंघ (क्रान्तिकारि)का प्रदेश संयोजक टंक कोइरालाले सन्चालन गरेका थिए ।भेला तथा विरोध प्रदर्शनमा क्रान्तिकारी माओवादी तथा सम्बद्ध जबस मोर्चाका नेताहरुको समेत उपस्थिति रहेको थियो ।