संस्मरण

साँच्चै हिजोभन्दा आज देश परिर्वतन भएको छ । गाउँ सजिएको छ । शहर फेरिएको छ । जताततै एउटै आवाज उठिरहेको छ, एउटै धुन बजिरहेको छ । सुदुरपश्चिम कन्चनपुर, डँढेल्धुरा र महाकाली नदी पार गर्दा पनि उही गीत गुञ्जिन्छ । उही गणतन्त्रको गीत । कणर्ाली र राप्तिका छालसङ्गै तैरिँदा पनि उही ताल बजिरहन्छ आजादिको । अनि कालीगण्डकी र धौलागिरीसँगै यात्रा गर्दा कुनै प्रश्न सोध्छ सुनिश्चितताको । राती निद्रा पर्दैन अब के हुने हो ? साँच्चै एकटालो कपडा लगाउन नपाउने एकगास रोटी खान नपाउने गरिबको समस्या पूरा भयो त ? फेरि कतै कालो बादल आएर घपक्क छोप्ने पोे हो कि ? कतै चैते चरीझै साँझ एउटा भाखा बिहान अर्को भाखाको गीत पो गाउने हो कि ? के भरोसा छ र यो स्वार्थी दुनियाँमा । यस्तै मनमा आकांक्षाको कुहिरो मडारिन्थ्यो । हामी वर्गीय पक्षधरतामा मुखरित मान्छेहरू जितमा मात्तिन्नांै, हारमा आत्तिनांै । यो सत्य कुरा हो र तरङ्गित पनि कुनै हालतमा हुन्नौं । उहिले पनि हुँदैनथ्यांै । बरु निरन्तर अभियानमा खटिरहन्थ्यांै नबिसाएर सुदुरपश्चिम र मध्यपश्चिमतिर ।

पश्चिमको भूगोलसँग त हाँस्यौँ खेल्यौँ जीवनका अनगिन्ति मोड हाँसो, रोदन, भोक र प्यास सबैसबै खेप्यौँ । परिवर्तित समयसँगै बलिदान, त्याग, तपस्या अनि कलागला सबैसबै मिसायौँ हार्मोनियम र मादलको मीठो ध्वनीसँग हातेमालो गर्दै अत्याचारले पिल्सिएका गरिबहरूको दुखेसो, विधुवा आमा दिदीहरूको कथा-ब्याथा हृदयको पानामा बदलाभावका साथ कैद गर्‍यौं । अब पूर्वतिर पनि एकपटक अभियान चलाउन पाए ! यो मन कति खुसी हुन्थ्यो । मनमा आफसे आफ प्रश्न उठ्थ्यो । मगर सांस्कृतिक परिवार केन्द्रीय टोली कार्यक्रमकै सिलसिलामा चितवन पुगेको थियो । आफ्ना कोसेलीहरू च्यारेटी सोमार्फत् प्रस्तुत गर्दै । एकदिन बिहान पूर्वतर्फ क्षितिज खुल्नु अगावै पूर्वको सिन्दुली पुग्ने निर्देशन आयो । बिहान ८ बजेतिर गाडी चढ्यौं सिन्दुली पुग्ने दिव्य आशासँग । गाडी भने आफ्नै रफ्तारमा हुइकिरहेको थियो । पक्कि सडक कुनै रोकिनु छैन कति वेला खोला किनारको बाटो, त कति वेला तराइका फाँट हुँदै । लगभग ८/९ घण्टाको यात्रापछि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा पुगेर रोकियो गाडी । त्यहाँ सिन्धुली महोत्सव भब्यरुपले मनाइँदै थियो । विभिन्न खालका खेलहरू राखिएको थियो । मान्छे भुलाउनलाई अर्थ संकलन गर्नलाई । त्यता हैन यता राम्रो छ खेल । यस्तै माइकबाट आवाज आउँथ्यो राम्रो त के हुँदो हो पैसा कुम्ल्याउने लोभमा राखिएका त भए । बरु त्यही जिल्लाको उत्पादित जुुनार बोटसँग ठड्याएर राखिएको त्यही थियो त्याँहाको वास्तविक आकर्षण ।

२०६४ साल पुस २८ गते महोत्सवमा १ घण्टा कार्यक्रम दिने जानकारी आयो टिमकमाण्डरबाट । सोहीअनुसार तयारी गर्‍यौँ । एउटा सानो होटेलमा बसेका थियौँ । सबैले ड्रेश लगाएर बजारको बाटो हुँदै मञ्चतिर लम्कियौँ । कयौँ मान्छेहरू हाम्रो पिछा लागिरहेका थिए भने एकाध मान्छेहरू के नै गर्न सक्लान र यिनीहरूले भनेर पत्याएका थिएनन् । उनीहरूलाई मन पथ्र्यौ काठमाण्डौको रेष्टुराँहरूमा नाङ्गै अङ्ग प्रदर्शन गर्ने, नग्न संस्कृतिमा रम्ने कलाकार हामी पर्‍यौँ । छाडा सस्कृतिको ध्वँश गर्ने वर्गीय हितका कलाकार । खडेरीमा फूल फुलाउने, मझेरीमा दीप बलाउने सत्य मानवताको रक्षा गर्ने लोपोन्मुख संस्कृतिको उजागर गर्दै हिँड्ने सांस्कृतिक सिपाही थियौँ हामी । त्यसैले त गाउथ्यौँ-
रक्ताम्य भएर क्षितिज खुलेको,
लोकतान्त्रिक गणतन्त्रको लाली चढेको,
बिहानी उदाउँदा झन् कति रमाईलो ।

मान्छेहरू हामीप्रति आर्कषित हुन्छन् । एकाध मन नपराउने मान्छेहरू पनि मौनधारण गर्न थाले । त्यो त केका निम्ति गरे मलाई थाहा भएन । हामी भने एकघण्टाको समयलाई एक सेकेन्ड पनि विश्राम गरेनौँ । कहिले मयुरकोे प्वाँख र लठ्ठीले मञ्चनै भत्किएलाझैँ गरी नाच्छौँ । जनताको आफ्नै भाकामा सजिएका गीत संगीत सुनाउँदै जाँदा जनताको अनुहारमा खुशी पलाएको थियो । समयले डाँडा काटिसकेछ कार्यक्रमको अन्त्य गर्‍यौँ ।

हामीसँग मगर मोर्चाको सिसिएम सिमा दिदी हुनुहुन्थ्यो त्यही जिल्लाको बासिन्दा । भाइ बहिनीहरू सिन्धुलीगढी घुम्न जाने हो ? उहाँको प्रश्न मुखबाट खस्न नपाउँदै एउटै आवाजमा एकस्वुमा जवाफ आयो ‘हँ जाने हो ।’ अनि एउटा मिनी बस रिजर्भ गरेर यात्रा सुरु गर्‍यौँ । बाटो भने धेरै घुम्ती रहेछ । मेरो त आँखा रिङाएर हैरान परेकी थिएँ । जीउ गलेको थियो । बोल्ने मन नै लागेन । मलाई देखेर साथीहरू हाँस्नुहुन्थ्यो । करीब एकघण्टाको दौडपछि गढीको नजिकै पुगेछौँ । एकएक वटा जुनार किनेर खायौँ अनि ढिलो नगरीकन गढीस्थानतिर उक्लियौँ ।

हिउँदको तुषारोले होला जताततै वातावरण सुख्खा देखिन्थ्यो । डाँडाहरू पनि ओठ सुकेजस्तै फुस्रो-फुस्रो देखिन्थ्यो । त्यहाँका बनमारा र पाती पनि सुकेर कहिले नपलाउलाझैँ देखिन्थ्यो । दिदीले त्यहाँको यथार्थता बुझउँदै जानुहुन्थ्या,े पहिला त यहाँ सदरमुकाम थियो । यो कारागार, यो सीडीयो कार्यालय आदि भत्केका घरहरू देखाउँदै जानुहुन्थ्यो । हामी हाम्रा मष्तिष्कमा रेकर्ड गर्दै हिँड्थ्यौँ । ठीक दाँया साइडमा माऊ बिनाको चल्लाझैँ लामलामा सुकेका पाती र बनमारा बिचमा एउटा सानो घर जलेको देखाउँदै भन्नुुभयो- ‘यहि घर हो २०५२ साल फाल्गुन १ गते ध्वस्त भएको । नरभक्षी दानवहरूको चौकी । यहिँबाट महन् जनयुद्ध थालनी भएको हो । जनयुद्धको यो कार्बाहीमा महिला म एक्लै थिएँ । म यो बाटो आएकी बन्दुक र ग्रनेडसँग । अनि कमाण्डरबाट कासन आयो सुनसान वातावरण एकछिनमै रणसंग्राममा परिणत भयो । धर्ती स्तब्ध रह्यो । आकाशमा ताराहरू तिलमिलाइरहन्थे, प्रहरी चौकीमा आगोको धुवाँ उडिरहेको थियो । हामी भने हाम्रो मिसन पूरा गरेर जनयुद्ध जिन्दावादका नारा घन्काउँदै रातारात लामो दूरी पार गर्‍यौँ । बिहानको समाचार सुन्यौँ रोल्पाको होलेरी, रुकुमको राडी, सिन्धुलीको सिन्धुलीगढीमा माओवादीले पहिलोचोटी आक्रमण गरेको प्रचार गर्छ । हामी खुल्ला दिलले खुल्ला आकासमुनि खुशियाली मनाइरहेका थियौँ जनतासँग ।’ दिदी प्रसन्न भएर आफ्नो अनुभूति सुनाउनु भयो । साँच्चैं उहाँ जनयुद्ध सुरुवातको एक पहिलो महिला नेतृत्व हुनुहुन्थ्यो र हुनुहुन्छ आजसम्म पनि । उहाँका विचार कहिल्यै मरेनन् । न त आस्था नै झुके जीवनमा अनकन्टार चट्टानहरू फोर्दा हातमा ठेला कति उठ्यो होला, काँडाले कति रोप्यो होला । सानो बाबु छोडेर गोलीको निशानी बन्दै भिडिरहँदा कति मन रोयो होला । व्यख्या गरेर साध्य नै छैन । सीमा दिदीको चाहाना भनेको नै नेपाली धर्तीमा महङ्गो हीरा फलाउने, बेरोजगारीलाई रोजगारी दिलाउने, अँध्यारो साम्राज्यलाई चिरेर समृद्ध नेपाल बनाउने हो । दिदीको कुरो सुन्दा गर्वले छाती फुल्थ्यो ।

सुन्थे जनयुद्ध त दुश्मनहरूको लागि विशालु चिज हो रे । पश्चिममा एउटा ग्रीनेड पड्क्यो भने पूर्वमा दुश्मनको रुवाबासी हुन्छ रे । पूर्वमा एउटा पुलीस मर्‍यो भने पश्चिममा चौकी आफै उठीबास हुन्छ रे । यहि कुरा सुन्थेँ म स्कूलेजीवनमा । हुन पनि यस्तै भयो । एकैरातमा एकैचोटी भूकम्प नगएको भए ठगीखाने शाषकवर्ग झुक्ने थिएन । दुःखीको सुदीन आउने थिएन । आखिर सत्य, सत्य भएरै छाड्यो । सूर्यले सँध्याको संकेत दिइरहेको थियो । फुस्रो रनवनहरू अँध्यारो देखिन थाले । ग्वाला लागेका मान्छेहरू बाख्रा धपाउँदै गोठतिर पस्न थाले । अनि सीमा दिदी र हामी सिन्धुलीगढीलाई सम्झनाको मझेरीमा नचाउँदै फर्कियौँ बासस्थानतिर । २०६८ पागुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार