भदौ २४ काठमान्डौ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सहित नेपाली मजदुरवर्गको हक–अधिकार–व्यवस्थाको पक्षमा क्रियाशिल ९ वटा ट्रेड युनियनहरुको संयुक्त ट्रेड युनियन संघर्ष समिति नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाएको छ । संयुक्त ट्रेड युनियन संघर्ष समितिका अध्यक्ष–महासचिवको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगि प्रधानमन्त्रीलाई ज्ञापन–पत्र हस्तान्तरण गरेको हो ।
मजदुरहरुको समस्या केवल मजदुरको मात्रै नभई सिङ्गै राज्यको समस्या भएको बताउदै यसको समाधानका निम्ति तत्काल राज्यले पुरा गर्नुपर्ने मागलाई १० बुँदामा समेटिएको छ । यो संगै संयुक्त संघर्ष समितिले मजदुरहरुलाई अधिकार प्राप्तिका निम्ति दीर्घकालीन संघर्षमा जोड दिन समेत आव्हान गरेको छ ।
ज्ञापन–पत्रको पुर्ण पाठ