
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी ) निकट देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालले जयसिंह धामी हत्या प्रकरणका अपराधीलाई कडाभन्दा कडा कारबाहीकाे माग गरेकाे छ । माेर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गरी यस्ताे माग गर्नुभएकाे हाे ।
बुधबार जारी वक्तव्यमा भनिएकाे छ, “अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गराउन भारत सरकारसँग अविलम्ब सार्थक कूटनीतिक पहल गर्न हामी जोडदार माग गर्दछौं ।”
वक्तव्यमा अगाडि भनिएकाे छ, “यसमा हुने हेलचेक्र्याइँ, लापरवाही वा लाचारीपनको परिणाम गम्भीर हुन सक्ने कुरा पनि हामी सरकारलाई अवगत गराउन चाहन्छौं ।”
वक्तव्यमा भनिएकाे छ, “गत साउन १५ गते बिहान ८–९ बजेतिर दार्चुला जिल्ला, व्यास गाउँपालिका, वडा नं.२ निवासी ३३ वर्र्षीय जयसिंह धामी गाउँबाट सदरमुकाम खलङ्गा जाने क्रममा मालघाट भन्ने ठाउँमा महाकाली नदी तुईनबाट तरिरहेको बेला भारत उत्तराखण्ड राज्यको
पांगनमा रहेको भारतीय सीमा सुरक्षा बल (SSB) ले तुईनको लठ्ठा खोलिदिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएकोमा घटनाको सत्य–तथ्य पत्ता लगाई अपराधीलाई कारवाही गराउन नेपालमा सर्वत्र माग भइरहेको कुरा सर्वविद्वितै छ । सरकारद्वारा गठित कार्यदलले नियतपूर्वक भारतका क्क्द्य जवानले लठ्ठा खोलेका कारण उनी महाकाली नदीमा डुबी बेपत्ता भएको प्रमाणसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी प्राप्त भएको छ । अतः उक्त प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गराउन भारत सरकारसँग अविलम्ब सार्थक कूटनीतिक पहल गर्न हामी जोडदार माग गर्दछौं । यसमा हुने हेलचेत्र्mयाइँ, लापरवाही वा लाचारीपनको परिणाम गम्भीर हुन सक्ने कुरा पनि हामी सरकारलाई अवगत गराउन चाहन्छौं ।”































