नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला पार्टीको नेतृत्वमा भूमाफियाहरुको जग्गा कब्जा घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न

नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला पार्टीको नेतृत्वमा भूमाफियाहरुको जग्गा कब्जा घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न


श्रावण १६ चितवन ।
नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला पार्टीको नेतृत्वमा चितवन जिल्ला अन्तरगत विभिन्न ठाउँहरुमा किसानको जग्गालाई कौडीको मूल्यमा किनेर ती जग्गालाई ल्पटिंग गर्दै निकै महंगो दरमा बेच्ने उद्येश्यले नेपालका भूमाफियाहरु लामो समयदेखि चितवनमा सलबलाएका छन् र त्यसका लागि सयौ विघा जग्गा बाँझो बनाएर उत्पादनहीन तुल्याइरहेको अवस्थामा नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला पार्टीको नेतृत्वमा त्यस्ता जग्गाहरु कब्जागरी तिनलाई उत्पादनशील कार्यमा र गरीव तथा भूमिहीन किसान र सस्तो मूल्यमा ती भूमाफियाहरुलाई आफ्नो जगगा बेच्न बाध्य पारिएका जनताको हीतमा कामगर्ने उद्रघोष्का साथ आज नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला पार्टीको नेतृत्वमा जग्गा कब्जा घोषणा कार्यक्रम चितवनको माडीमा सफलतापूर्वक सम्पन्न गरिएको छ ।
जग्गा कब्जा घोषणा कार्यक्रमको व्यानरसहीत जिल्ला पार्टीका नेता तथा कार्यर्ताको बाक्लो उपस्थितिमा निम्न नाराहरु अंकित व्यानर टागिएको छ । जसमा सम्पूर्ण भूमि राष्ट्रियकरण गर । जमिनमाथिको खण्डीकरण बन्दा गर । भूमाफियाहरुलाई कारवाही गर । आदि नाराहरु लेखिएका छन् ।


नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति चितवनको आयोजनामा गरिएको उक्त कार्यक्रमलाई जिल्ला समिति चितवनका सेक्रेटरी अशोक शर्माले सम्वोधन गर्दै वर्तमान दलाल प्रतिक्रियावादी सरकारले भूमाफियाहरुसँग मिलेर जनताका जग्गालाई सस्तो मूल्यमा बेच्न बाध्यपारी ती ज्गगामा लपटिंग गर्दै चितवनको उव्जाउ खेती योग्य समिनलाई मरुभगर्ने कार्यलाई ततकाल बन्द गर्न र जमिनको खण्डीकरण होइन राष्ट्रियकरण गनृका लागि आवहान गर्दै जग्गा विकासको नाममा व्यापार र तष्करको फाइदामा काम नगर्न आव्हान गर्नु भयो । चितवनमा हजारौ भूमिहीन किसान परिवारलाई नदी किनारको जगलमा राखी बाडी पहिरोबाट उनीहरुको सत्यानास गर्ने तर भूमाफियाहरुलाई चितवनको बहूल्य जगा कोडीको मूल्यमा दिने सरकारको यस्तो निर्णय जनविरोधी र गरीवमारा हो भन्ने स्पष्ट भएको छ । त्यसैले सम्पूर्ण भूमि राष्ट्रियकरण गर्न, जमिनमाथिको खण्डीकरण बन्द गर्न र भूमाफियाहरुलाई कारवाही गर्ने उद्येश्यका साथ यो जग्गा कब्जा घोषणा कार्यक्रमले गति लिने छ भन्ने स्पष्ट पार्दै आम जनता पार्टीको यो कार्यक्रमको झण्डामूनी गोलवन्द हुन आव्हान गर्नु भयो । उक्त कार्यक्रमको संचालन सीपी सुवेदीले गर्नु भएको थियो ।

नेकपा ( क्रान्तिकारी माओवादी) चितवन जिल्लाले माडी नगरपालिका वडा न. ३ स्थित पौहारी गाउँमा ट्वन्टी वान ग्रुप प्रोपर्टी प्रा.लि.ले माडि नगरपालिका समेत संगको मिलेमतोमा सर्वसाधारण जनताको जग्गा खरित गरि नगरपालिकाको निर्णय विपरित भुमि खण्डिकरण गरेको भन्दै उक्त जग्गा कब्जा गरेको हो । केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकास र जिल्ला सेक्रेटरी अशोक शर्माको नेतृत्वमा गएको टोलीले उक्त समुहको नाममा रहेको सयौं विघा जमिनमा पार्टीको झण्डा र व्यानर राखेर कब्जा गरेको हो । जमिन कब्जा गरिसकेपछि पार्टी सेक्रेटरी अशोक शर्माले भुमाफियाहरुले राज्यसत्तासंगको मिलोमतोमा अनधिकृत रुपमा जग्गा प्लटिङ गरि उत्पादनमुलक जग्गा मरुभूमि बनाउनुका साथै माडी कृषि पर्यटन र पर्यावरणलाई समेत ध्वस्त पार्ने भएको कारण आफुहरु उक्त जग्गा कब्जा गर्न बाध्य भएको बताउनु भयो। बोल्ने क्रममा सेक्रेटरी शर्माले नगरपालिका समेत माफियासंगको मिलेमतोमा जमिन खण्डिकरण प्रक्रियामा मुसिएको कारण स्थिति जटिल भएको बताउदै सत्ताको दुरुपयोग गरेर गरिने यसखालका माफिया र कमिसनखोरहरुलाई नछाड्ने बताउनु भयो। राज्यले आगो लगाएर नदिका डिलमा र जंगलका विचमा अलपत्र पारेर माफियाहरुलाई कमिसनको आडमा नगरपालिकाले जमिन खण्डिकरण गरेको बताउदै यो हर्कत तुरुन्त नरोके उक्त जग्गामा सुकुम्बासीहरु ल्याएर राख्ने बताउनु भयो ।

यसैबीच नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति चितवनले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । जिल्ला पार्टी सेक्रेटरी हेमन्तव्दारा हस्ताक्षेरित उक्त विज्ञप्तिको पूर्णपाठ तल दिइएकोछ: