देजमो नेपालका अध्यक्ष सीपी गजुरेलव्दारा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाबलको अपराधिक कार्यको विरोधमा विज्ञप्ति प्रकाशित

देजमो नेपालका अध्यक्ष सीपी गजुरेलव्दारा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाबलको अपराधिक कार्यको विरोधमा विज्ञप्ति प्रकाशित

१६ श्रावण काठमान्डौ ।
यही श्रावण १५ गते व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दु:खको घटना दार्चुलाको व्यास–२ मालघाटमा नेपाल–भारत सीमा नदी माथिको तुइन शुक्रबार एसएसबीले फुकाल्दा ३५ वर्षीय युवक जयसिंह धामी बेपत्ता भए ।
तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि वैदेशिक रोजगारीमा हिँडेका उनी वेपत्ता पारिएका छन् ।
यही घटनालाई लिएर देजमो नोपलका अध्यक्ष सीपी गजुरेलव्दारा विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न/गराउनसरकारसँग जोडदार माग गरिएको छ । विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ :