८ श्रावण काठमान्डौ ।
लामो समयदेखि मजदुरबर्गको हक अधिकारका निमित्त ईमानदारीता पुर्वक कृयाशिल हाम्रो महासंघका केन्द्रिय सदस्य कमरेड ध्रुब क्षेत्रीको आज चिकेन स्टेसनद्वारा काठमाडौ,गोकर्णेश्वर ६ स्थित शिवचोकको निर्माणकालागी जिम्मेवारी लिइएको भवनमा कार्यरत अवस्थामा करेन्ट प्रवाह भइ अत्यन्तै दु:खद निधन हुन पुगेको घटनाले हामीलाई स्तब्ध तुल्याएको छ ।यस दु:खद घडीमा हामी दिवंगत सहयोद्दाको कार्यस्थलमा के कसरी करेन्ट प्रवाह भइ दुर्घटना हुन पुगेको हो त्यसको गम्भीरता पुर्वक छानबिन गर्न,दोषी उपर कार्वाही गर्न र पीडित परिवारलाई क्षतीपुर्ती समेत उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं ।
आज हामीले एक जना प्रतिबद्ध सहयोद्दा एवं मजदुर नेता गुमाएका छौ भने परिवारले अशल सन्तानका साथै अभिभावक गुमाएको छ ।असीम पिडाको यस क्षणमा दिवंगत सहयोद्दा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
ईश्वर तिमिल्सिना
अध्यक्ष
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
केन्द्रीय समिति ।
८श्रावण २०७८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार