पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु, थप २,८३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु, थप २,८३८ जनामा कोरोना संक्रमण

 

Magen David Adom medical team members, wearing protective gear, are handling a Coronavirus test sample at a drive-through site for Coronavirus testing samples collection, in Tel Aviv, on March 22, 2020. Photo by Flash90 *** Local Caption *** ÷åøåðä
åéøåñ
îâéôä
îâï ãåã àãåí
öååú øôåàé
äöìä
ãøééá àéï
úçðú áãé÷ä
áãé÷åú
ðùàéí

६ साउन, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । तीमध्ये ९ हजार ६३७ जनाको मृत्यु भएको छ भने ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन ।
१० वर्ष मुनिका ६२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९०, कास्कीमा १८५, झापामा १७०, चितवनमा १६३ ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ७९, सुनसरीमा ५२, तनहुँमा ४७, रुपन्देहीमा ४१, मकवानपुरमा ३५ र पाल्पामा ३२ जना कोरोना संक्रमित थपिएका छन ।
यस्तै बागलुङमा २९ , जुम्लामा २७, कैलालीमा २६, काभ्रे र दाङमा २५र२५ जना, मोरङमा २१, धादिङ, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा १९र१९ जना, दोलखा र कञ्चनपुरमा १८र१८ जना, धनकुटा र बर्दियामा १६ र १६ जना, नुवाकोटमा १५, लमजुङ र स्याङजामा १४र१४ जना, म्याग्दी र गुल्मीमा १३ १३ जना र रसुवामा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।