काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–५ क्युडिकामा बस्ती भासिँदा ९९ परिवार विस्थापित भएका छन् । बस्तीमुनि खनिएको सडकका कारण कमजोर बनेको जमिन पानी पर्न थालेपछि भासिएपछि ९९ घर परिवार विस्थापित हुन पुगेका हुन् ।
जमिन भाँसिदा ९९ परिवाले गाउँ छाडेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । ‘पहिरो गएको गाउँ उसै पनि कमजोर भू–बनोट थियो’, उनले भने, ‘त्यसैमा यस वर्ष गाउँमुनिबाट सडक खन्न डोजर लगाइयो, जसका कारण हामीले ठोलो क्षति व्यहोरेका छौं।’ उनका अनुसार बस्तीका करिब ६ सय जना नजिकको जंगलमा गएर बसेका छन् ।

सडक खन्दा गाउँपालिकासँग समन्वय नभएको अध्यक्ष शाहीले बताए। ‘प्रदेश सरकारले सो क्षेत्रमा सडक निर्माण गर्न एक करोड छुट्याएको रहेछ’, अधयक्ष शाहीले भने, ‘त्यो बजेट कसरी कार्यान्वयन भयो, कसले ठेक्का पायो हामीलाई जानकारी भएन। हामीलाई सोधेको भए सो स्थानमा बाटो नै बनाउन दिने थिएनौं।’ पहिरोपीडित करिब डेढ किलोमिटर टाढाको जंगल क्षत्रमा गएर बसिरहेका छन्।

‘त्रिपालमा सुत्ने राम्रो प्रबन्ध छैन’, उनले भने, ‘खाद्यान्नको अभाव भएको छ। यसले रोगको महामारी फैलिन सक्ने खतरा बढेको छ।’

हिमाली गाउँपालिका–४ का वडा अध्यक्ष रमेश विकका अनुसार अहिले सो क्षेत्रमा खाद्यान्नको अभाव भएको छ। त्रिपालको सहारामा कसेका स्थानीयको बसाइसमेत असुरक्षित रहेको वडा अध्यक्ष विकले बताए। ‘त्रिपालमा सुत्ने राम्रो प्रबन्ध छैन’, उनले भने, ‘खाद्यान्नको अभाव भएको छ। यसले रोगको महामारी फैलिन सक्ने खतरा बढेको छ।’

जंगलमा बस्नुपर्दा महिला र बालबालिकालाई बढी समस्या भएको उनले बताए। उनका अनुसार पहिरोका कारण करिब ६ सय जनापीडित भएका छन्। सडकका कारण गाउँ भाँसिदा अहिलेसम्म १ घर पूर्ण रुपमा क्षति भएको छ भने अधिकांश घर चर्किएका छन्। ठूलो वर्षा भए जुनसुकै बेला पनि सवै घर बग्न सक्ने उनले बताए।

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पीडित परिवारलाई तत्कालीन राहतको व्यवस्था गर्न खाद्यान्न पठाइएको जानकारी दिए। ‘गाउँपालिकाको समन्वयमा हामीले तत्काल ३० क्विन्टल खाद्यान्न र केही त्रिपाल पठाएका छौं’, अधिकारीले भने, ’यसबाहेक जस्ता पाताको माग समेत गाउँपालिकाबाट भएको छ । हामीले गृह मन्त्रालयमा जानकारी गराएका छौं ।’

सो सडक निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ को बजेटमार्फत १ करोड बजेट विनियोजन भएको थियो। प्रदेश संसद बलदेव रेग्मीको पहलमा स्वीकृत भएको योजना कार्यान्वयनका लागि जगन्नाथ गाउँपालिका बाजुराका अध्यक्ष कालीबहादुर शाहीको कम्पनीले ठेक्का पाएको थियो ।

लगातारको वर्षापछि बाजुराको हिमाली गाउँपालिका–४ को फैती गाउँस्थित दलित बस्तीमा पहिरो जाँदा करिब ३५ घर पनि परिवार विस्थापित भएका छन ्। वर्षापछि गाउँ माथिबाट पहिरो जाँदा ३५ परिवार विस्थापित भएका वडा अध्यक्ष रमेश विकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर