आजबाट आन्तरिकतर्फको हवाई उडान सुरू

आजबाट आन्तरिकतर्फको हवाई उडान सुरू


काठमाडौं । कोभिडका कारण स्थगित गरिएको आन्तरिकतर्फको हवाई उडान आजबाट सुरू भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार आज देशका बिभिन्न गन्तव्यमा ६४ उडान हुने छन् । अब यी उडानले दैनिक निरन्तरता पाउने प्राधिकरणले जनाएको छ ।

प्राधिरकणले बिहान ६ देखि बेलुकी ६ बजेसम्म उडान तालिका सार्वजनिक गरेको छ। असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले उडान स्वीकृति दिएसँगै प्राधिकरणले वायु सेवा कम्पनीहरूसँग छलफल गरी बिहीबारबाट आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान करिब २ महिना पछि खुला भएको हो।

अब बुद्ध एयरका ३१, यती एयरका १५, श्री एयअरका सात, सौर्य एयअरका तीन, नेपाल एयरका दुई, तारा एयअरका दुई, समिट एयअरका दुई र सीता एयरका दुई बिहानले नियमित उडान गर्नेछन्।