चितवन/ हिजो असार २ गते देशभक्त जनगणतान्त्रिक मोर्चाको अगुवाइमा रत्ननगरपालिकामा कार्यरत चार दलका प्रतिनिधिहरूले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । नगरमा बढ्दै गएको अनियमितता, आर्थिक घोटला एवम् सत्तासिन दलका गैरसम्बैधानिक गतिविधका बिरुध्दमा रत्ननगर नगरपालिकाका चार दलका प्रतिनिधिहरूले नगर प्रमुख नारायण वनलाई ज्ञापन पत्र बुझाएका हुन् ।

देशभक्त जन गणतान्त्रिक मोर्चा रत्ननगर समितिको अगुवाइमा सो ज्ञापन पत्र बुझाइएको हो । ८ बुँदामा समेटिएको सो पत्रमा विभिन्न विषयमा नगर कार्यपालिकालाई ध्यानाकर्षण गराउनुका साथै जनसरोकारका विषयहरू पूरा गराउन माग गरिएको छ ।

नगरले गरेका अपारदर्शिता, आर्थिक घोटला, कोभिड महामारीमा देखिएको उदासिनता, खोपमा देखिएको अराजकता जस्ता बुँदाहरू उक्त ज्ञापनपत्रमा समेटिएका छन् । ज्ञापनपत्रमा देजमोका जिल्ला प्रतिनिधि मोदनाथ मरहट्टा, राजमोका प्रतिनिधि मेघराज ढकाल, नेकपा मालेका रामहरी लम्साल र नेकपा (विप्लव समूह)का प्रकाश ढकालले हस्ताक्षर गरेका छन् ।

चार दलीय प्रतिनिधि मण्डलले नगरपालिकाको कार्यालयमा गएर सो ज्ञापनपत्र बुझाएको हो । नगरप्रमुखको कार्यकक्षमा एक कार्यक्रमका बिचमा सो ज्ञापनपत्र देजमो प्रतिनिधि मोदनाथ मरहट्टाले पढेर सुनाएका थिए । त्यसपछि उक्र पत्र नगरप्रमुखलाई बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै नगरप्रमुखले त्यसबारेमा आफ्नो ध्यानाकर्षण भएको र त्यसको सुनुवाई गर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर