Zoom अन्तरक्रिया बारे

प्रकाशित मिति : २०७८ जेष्ठ २८

- वसन्त बाेगटी

श्रमिक वर्गको प्रीय एवं हाम्रो गौरवशाली संगठनको आयोजना मा “संकटग्रस्त पुँजीवाद र आगामी मजदुर आन्दोलनको दिशा” विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा मुख्यतः विद्यमान राज्य-व्यवस्थाको अन्त्य गर्दै श्रमिकवर्गको सत्ता निर्माण-स्थापनाको निम्ति संघर्षरत एवं संयुक्त ट्रेड युनियन संघर्ष समितिमा आबद्ध ट्रेड युनियन तथा नेपाल एवं भारत-मलेसिया-मध्यपुर्वका श्रमिक-नेतृत्व समेतको सहभागिता रहेको थियो ।

संगठनका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षता मन्तव्य एवं आगामी मजदुर आन्दोलनको दिशा बारे व्यक्त संक्षिप्त विचार माथि अन्तरक्रिया केन्द्रित रह्यो ।

कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ (पिकोन्ट) का अध्यक्ष केदार गिरि, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक विनोद थापा, अखिल नेपाल ट्रेड युनियनका ईन्चार्ज कृष्णहरि भट्ट, वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डिबि सर्वश्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुक) का अध्यक्ष लोकराज भुषालले आगामी मजदुर आन्दोलनको दिशा बारे धारणा राख्नु भएको थियो । सहभागी श्रमिक-नेतृत्वको तर्फबाट मित्र उदय नेपाली र युवराज कार्कीले संक्षिप्त तर महत्त्वपूर्ण टिप्पणी गर्नुभएको थियो ।

स्वागत मन्तव्य संगठनका केन्द्रीय सचिवालय सदस्य दिनेश बर्तौलाले राख्नु भएको थियो ।

केही व्यवस्थापकीय-प्राविधिक अवरोध-कमजोरीका बाबजुद कार्यक्रम सापेक्षित सार्थक-सम्पन्न भएको छ ।

यसप्रकारका कार्यक्रमले मजदुर आन्दोलनलाई वैज्ञानिक दिशा तय गर्न सार्थक महत्त्व राख्ने अपेक्षा गर्न सकिन्छ ।

पुनः एकपटक सहभागी सम्पुर्ण श्रमिक-नेतृत्वप्रति अभिवादन!

धन्यवाद !