माफियालाई चोर बाटोबाट सम्बन्धन दिने हर्कत तुरुन्त बन्द गर्न नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनकाे माग

प्रकाशित मिति : २०७८ जेष्ठ २८


काठमाडौं । काेरोनाको सङ्क्रमणबाट जनतालाई बचाउनतर्फ नलागी यसै मौकामा अनेकन् दूरगामी असर पार्ने  निर्णय सरकारले गर्दै आएको भन्दै नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण क्षेत्रमा माफियालाई चोर बाटोबाट सम्बन्धन दिने हर्कतको तीव्र विरोध गरेकाे छ । संगठनका अध्यक्ष  प्रा.डा. जगदीश चन्द्र भण्डारीले जारी गर्नु भएकाे वक्तव्यमा स्वास्थ्य सेवालाई माल बनाई बिक्री गर्ने तत्वको भ्रत्सना समेत  गरिएकाे छ।
२७ जेठमा जारी वक्तव्यमा भनिएकाे छ, “साम्राज्यवादी र विस्तारवादीका स्वार्थ पुरा गर्न राष्ट्रका प्राकृतिक सम्पदा तथा पर्यावरणीय महत्वका भौतिक संरचना सुम्पने जस्ता गतिविधि राष्ट्रविरोधी हुन् । अतः त्यस्ता निर्णय र क्रियाकलाप तुरुन्त बन्द गर्न माग गर्दछौं। “