काठमाडौं । केपी ओली नेतृत्वकाे सरकारले गरेका राष्ट्रघात र जनघातका विरुद्ध  विराेध प्रदर्शनमा उत्रिएका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुमाथि प्रहरीले दमन गरेकाे छ । दर्जनाै अभिन्ताहरुलाईलाई बालुवाटारबाट पक्राउ गरेको छ।
विराेध प्रदर्शनमा उत्रिएका नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियारलगायत दर्जन बढीलाई पक्राउ गरिएकाे छ ।
उनीहरुलाई मालीगाउँस्थित प्रहरी चौकीमा राखिएको सोही स्थानमा रहेका छ ।
पक्राउ पर्ने अन्य अभियन्ताहरुमा संगित श्राेता, अञ्जनबाबु शर्मा, मिर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार लगायत रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार