देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेलद्वारा प्रेस वक्तव्य प्रकाशित

देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेलद्वारा प्रेस वक्तव्य प्रकाशित

५ जेष्ठ काठमान्डौ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो) नेपालका अध्यक्ष सी.पी. गजुरेलव्दारा कोभिड–१९को दोस्रो लहरको महामारीबाट सङ्क्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न, दोस्रो चरणको भ्याक्सिन निर्धारित समयमा लगाउने व्यवस्था गर्न र नागरिक भोकै बस्नुपर्ने अवस्थाको अविलम्ब अन्त्य गर्न माग गर्दै देजमोको धारणा आज एक प्रेस वक्तव्यमार्फत प्रकाशित गरिएको छ ।
वक्तव्यमा भनिएको छ–“कोभिड–१९को दोस्रो लहरको महामारीबाट नेपाली जनतालाई जोगाउने महान कार्यको बदलामा ठीक यसै बेला सत्तापक्ष र संसदीय प्रतिपक्षी पार्टीका नेताहरु सत्ताको खेलमा रमाइरहेका छन् । मानवजीवनको रक्षा सबैका लागि सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने विषय हुनै पर्दछ । यसबाट दायाँ–बायाँ गर्ने छुट कसैलाई छैन”।
प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ –