अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा एक प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन  सरकारसमक्ष माग

अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा एक प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन  सरकारसमक्ष माग


जेठ ३ गते काठमान्डौ ।
नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरिरहेको छ । र हिजो २०७८ जेठ २ गते पनि फेरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइइन्धनमा फेरि प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ, । यस्तो गैह् जिम्मेवार सरकारको जनविरोधी निर्णयको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले एक प्रेस विज्ञप्ति मार्फत घोर निन्दा एवम् भत्सर्ना गरेका छन र साथै कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न त्रास, भय र अन्योलतामा रहेका जनतालाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिगरेर झन् आहात हुने काम सरकारले गरेको छ भन्दै जनताको जीवनरक्षाका लागि सरकारलाई गम्भीररुपमा अघि बढ्न, रोग र भोकबाट जनतालाई मर्न नदिने वातावरण तयार गर्न हार्दिक अपिल गदै उक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन्, जसको विस्तृत जानकारी तल दिइएको छ–