
जेठ ३ गते काठमान्डौ ।
नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरिरहेको छ । र हिजो २०७८ जेठ २ गते पनि फेरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइइन्धनमा फेरि प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ, । यस्तो गैह् जिम्मेवार सरकारको जनविरोधी निर्णयको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले एक प्रेस विज्ञप्ति मार्फत घोर निन्दा एवम् भत्सर्ना गरेका छन र साथै कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न त्रास, भय र अन्योलतामा रहेका जनतालाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिगरेर झन् आहात हुने काम सरकारले गरेको छ भन्दै जनताको जीवनरक्षाका लागि सरकारलाई गम्भीररुपमा अघि बढ्न, रोग र भोकबाट जनतालाई मर्न नदिने वातावरण तयार गर्न हार्दिक अपिल गदै उक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन्, जसको विस्तृत जानकारी तल दिइएको छ–