काठमाडौं । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।
यसअघि साेमबारै प्रधानमन्त्री केपी ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि  प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न उनीहरूले संयुक्त रुपमा राष्ट्रपतिलाई आह्वान गरेका हुन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
संसदकाे नियमित अधिवेशन आव्हान नगरिएकाे र विशेष अधिवेशनकाे अन्त्य गरिएकाे अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अन्याैलमा परेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार