राष्ट्रपतिले एकै दिन जारी गरिन् सात अध्यादेश

प्रकाशित मिति : २०७८ बैशाख २१


२१ वैशाख काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न् सात वटा अध्यादेश जारी गरेकी हुन् ।
उनले यौन हिंसाविरूद्धका केही ऐन संशोधन, संवैधानिक परिषद सम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधिलगायत अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।