काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पीवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । सेक्रेटरी न्यौपानेका पिता विष्णुप्रसाद न्यौपानेको असामयिक रुपमा निधन हुन पुगेको छ । साविक अछाम रानिवन ८ घर भई हाल बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका १ डुम्रेनी निवासी दिवंगत विष्णुप्रसाद न्यौपानेको भारतको जयपुरदेखि नेपाल आउने क्रममा बिच बाटोमा हृदयघातका कारण मृत्यु भएको हाम्रा सहकर्मी आयुष न्यौपानेले जानकारी दिनुभयो ।

दिवंगत विष्णुप्रसाद न्यौपानेका दुई छोरा, चार छोरी र ९ जना नातिनातिनीहरु रहनु भएको छ । भुपेन्द्र न्यौपाने जेठो छोरा हुनुहुन्छ । पत्रकार आयुष न्यौपानेका अनुसार दिवंगत विष्णुप्रसाद न्यौपानेको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित भोलि अन्त्यष्टी गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर