कोरोना संक्रमित पत्रकारको उपचारका क्रममा मृत्यु

कोरोना संक्रमित पत्रकारको उपचारका क्रममा मृत्यु


दाङ । कोरोना संक्रमित पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० बर्षका पुरुषको काठमाडौंमा मंगलबार राति मृत्यु भएको हो ।
केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । पछि काठमाडौं ल्याइएकाे थियो । उनको नाम अहिले सार्वजनिक गरिएकाे छैन ।