काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (क्रान्तिकारी माओवादी) निकट उद्योग व्यापार व्यवसायी महासंघको भेला सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका प्रदेश इन्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यता, प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने र महासंघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको आतिथ्यतामा सम्पन्न भेलाले चन्द्रबहादुर रोकाको संयोजकत्वमा १७ सदस्यीय प्रदेश कमिटि गठन गरेको छ ।

भेलाले सहसंयोजकमा मधुसुधन वैद्य, सचिवमा पिताम्बर पुन र सदस्यहरुमा कृष्ण घिमिरे, कृष्ण राना, सुकदेव पौडेल, प्रेम पोखरेल, विनोद सारु, पवन थापा, रामबहादुर शाही लगायतलाई सदस्यमा चयन गरेको छ । भेलाले जिल्ला जिल्लामा संगठन विस्तार गर्ने, संगठनको राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक तयारी गर्ने लगायतका निर्णय गरेको महासंघका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर