२ बैशाख, काठमाडाैैं ।
२३ राजनीतिक संगठनको कार्यगत एकतामा आवद्ध संगठनहरुको बैठक बसि राष्ट्रघाती एम.सी.सी.लाई संसदमा प्रवेश नगराउन र त्यसलाई कुनै पनि शर्तमा संसदको कार्यसूचिमा नराख्न ओली सरकारलाई चेतावनी दिएका छन् । २३ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट सी.पी. गजुरेलद्वारा निम्न वकतव्य प्रकाशित गरी यो जानकारी दिइएको हो ।

राष्ट्रघाती एम.सी.सी.लाई संसदमा प्रवेश नगराउन २३ दलको चेतावनी !

देशमा संकटको स्थिती पैदा भएको मौका छोपी राष्ट्रघाती एम.सी.सी.सम्झौता संसदबाट पारित गराउन केही तत्वहरु पुन: सकृय भएका छन् । विगतमा पनि त्यस किसिमका प्रयास भएका थिए र हामीले त्यसका विरुद्ध गरेको संघर्षले सार्थक भूमिका खेलेको कुरा जग जाहेरै छ । आज पून: त्यस्तै अवस्था सिर्जना गर्ने दुस्प्रयास भैरहेको छ । उक्त राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेज हुनु पर्छ भन्ने हाम्रो माग कायमै छ । यो विषयलाई कुनै पनि शर्तमा संसदको कार्यसूचिमा नराखियोस् भन्ने हामी २३ दलीय कार्यगत एकतामा आवद्ध संगठनहरु जोडदार माग गर्दछौं । उक्त माग प्रति बेवास्ता गरियो भने वाध्य भएर हामी सडक संघर्षमा उत्रनै पर्ने छ । त्यो अवस्थाको सिर्जना नगर्न सरकार र संसदलाई समयमै सचेत गराएका छांैं ।

कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु

१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा,नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा(माओवादीकेन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज,
१८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

सी.पी. गजुरेल
(२३ राजनीतिक संगठनको
कार्यगत एकताको तर्फबाट)
मिति : २०७८/०१/०२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार